हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २२, २०७४
|
|
४९ पटक हेरिएको
Shares
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

सारांश

  • काठमाडौँ, २२ भदौ ।
  • प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
  • निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार हालसम्म प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच हजार ८८५ उम्मेदवारी परेको छ ।

काठमाडौँ, २२ भदौ । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार हालसम्म प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच हजार ८८५ उम्मेदवारी परेको छ ।

त्यस्तै, महिला सदस्यमा चार हजार ८८६, खुल्ला सदस्यमा नौ हजार ५८२ र दलित सदस्यमा तीन हजार ८७३ उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउनेक्रम जारी रहेकाले उम्मेदवारको संख्या अझै बढ्ने छ ।

प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २३० उम्मेदवारी परेको छ भने कममा १४६ रौतहटमा परेको विवरण प्राप्त भएको छ । आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराउनुभएको थियो । उक्त मितिमा निर्वाचन हुने १३६ स्थानीय तहमध्ये आयोगमा १३४ को उम्मेदवारी विवरण आएको छ भने सिरहा नगरपालिका र सोही जिल्लाको धनगढीमाई नगरपालिकाको विवरण भने अझै आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह
प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह
प्रचण्ड भेट्न राष्ट्रपति भण्डारी दाहाल निवासमा
प्रचण्ड भेट्न राष्ट्रपति भण्डारी दाहाल निवासमा
सगरमाथामा फिल्म सुटिंग गर्न आलिया भट्ट नेपाल आउँदै
सगरमाथामा फिल्म सुटिंग गर्न आलिया भट्ट नेपाल आउँदै
झापामा ओली, सिटौला र विश्वप्रकाशको पछिल्लो मत परिणाम !
हेर्नुहोस् पाल्पाको पछिल्लो अपडेट
हेर्नुहोस् पाल्पाको पछिल्लो अपडेट
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
भक्तपुरको पछिल्लो मतगणना अपडेट : महेश बस्नेत दमननाथ भन्दा दोब्बर मतले अगाडी
भक्तपुरको पछिल्लो मतगणना अपडेट : महेश बस्नेत दमननाथ भन्दा दोब्बर मतले अगाडी
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?