हेर्नुस आजको राशीफलमा यस्तो शुभ देखिएको छ,
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएका काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। काममा व्यवधान हुनेछ भने आत्मसम्मानमा पनि चोट पुग्न सक्छ। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
निकै मेहनत पर्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। अरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अभावले सताउन सक्छ। लोकाचारका लागि पनि भोगविलासका वस्तु जुटाउनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ। घर-गृहस्थीले मनमा आनन्द दिलाउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
फाइदा हुने काम प्रारम्भ हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यमा देखिएको कमजोरीले चिताएका काममा बाधा हुनेछ। पढाइलेखाइमा पनि त्यति समय दिन नसकिएला। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। धैर्य एवं लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। वादविवादबाट टाढा रहनुहोला। साइनो गाँस्नेहरूले व्यवहारमा अप्ठ्यारो पार्न सक्छन्। परिस्थिति अलि संघर्षपूर्ण रहनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, बिस्तारै लाभ हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला।
प्रतिक्रिया