१०० वर्ष पुग्न लागेका राष्ट्रका दुईजना ‘बा’

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०७५
|
|
५० पटक हेरिएको
Shares
१०० वर्ष पुग्न लागेका राष्ट्रका दुईजना ‘बा’

सारांश

  • काठमाडौं – उमेर दुवैको उस्तै छ ।
  • हिँडाइ र कुरा गर्दाको हाउभाउ पनि उस्तै।
  • झट्ट हेर्दा यी दुवै उमेरले शताब्दीको सँघारमा छन् जस्तो लाग्दैन ।

काठमाडौं – उमेर दुवैको उस्तै छ । हिँडाइ र कुरा गर्दाको हाउभाउ पनि उस्तै। झट्ट हेर्दा यी दुवै उमेरले शताब्दीको सँघारमा छन् जस्तो लाग्दैन । दुवैसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन। कुराकानी गर्दा तन्नेरी ओझ देखिए पनि उमेरले दुवैजना सय वर्ष हाराहारीमा छन्। राष्ट्रकवि माधवप्रसाद घिमिरे आउँदो असोज ७ गते ९९ वर्ष पुगी सय वर्षमा पाइला टेक्दैछन्। शताब्दी तथा वाङ्मय पुरुषको उपमा पाएका सत्यमोहन जोशी गएको वैशाखमा ९८ पूरा भई ९९ वर्षमा प्रवेश गरेका छन्। यी दुई व्यक्तित्व समकालीन हुन्। यिनीहरुको उमेरमा जम्मा १ वर्ष ५ महिनाको फरक छ। उमेर अनि योगदानले पनि यी दुवै व्यक्तित्व राष्ट्रका ‘बा’ हुन्।

देशको छवि उँचो राख्न दुवै सर्जककको उत्तिकै योगदान छ। राष्ट्रका लागि दुवैजनाले शारीरिक र मानसिक शक्ति सुम्पिएका छन्। संस्कृतिविद् जोशी संस्कृति र भाषाको क्षेत्रका अनुसन्धानकर्ता हुन् भने घिमिरेले नेपाली साहित्को ढुकुटी भर्न अतुलनीय योगदान गरेका छन्। दुवैजना बुढ्यौलीको महसुसै नगरी कला, संस्कृति र साहित्यबारे नयाँ पुस्तालाई जानकारी गराउन अहिले पनि तम्तयार छन्।

संस्कृतिविद् जोशी तीनपटकका मदन पुरस्कार विजेता हुन्। उनका प्रबन्ध तथा अनुसन्धानात्मक कृति १०, नाटक ६, काव्य २ र कथासंग्रह पाँचवटा प्रकाशित भइसकेका छन्। उनी अझै केही कृति छपाउने तर्खरमा छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा मन्त्रीको संख्या १०० पुग्देै, कसरी धान्ला राज्यले !
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
एमालेले पत्याएन कोमल ओली लाइ  , बनिन् स्वतन्त्र उम्मेदवार ।
एमालेले पत्याएन कोमल ओली लाइ , बनिन् स्वतन्त्र उम्मेदवार ।
पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत
समानुपातिकमा पुरुषलाई राहत
टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ…
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर  सभापति देउवाले हुकुमी शासन चलाए  ;पौडेल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर सभापति देउवाले हुकुमी शासन चलाए ;पौडेल

तपाईंले छुटाउनुभयो कि?