११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १३, २०७३
|
|
२४१ पटक हेरिएको
Shares
११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी

सारांश

  • स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ।
  • तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ।
  • सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन्।

स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ। तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ। सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई १० चैतभित्र मतदानस्थल तोकेर पठाउन निर्देशन दिएको थियो। तर, तराईका आठ जिल्लामा मधेसी मोर्चाआबद्ध दलहरूको असहयोग र अवरोधका कारण मतदानस्थल तय हुन सकेको छैन। ती जिल्लाका केही गाउँपालिका र नगरपालिकामा तालाबन्दी छ।


‘तराईका आठ जिल्लामध्ये पर्साबाट मतदानस्थल तय भएर आउने खबर आइसकेको छ,’ आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले नयाँ पत्रिकासँग भने, ‘अन्य जिल्लाबाट पनि आउने खबर आएको छ।’
देशभर करिब १० हजार ३ वटा मतदानस्थल तय हुने आयोगको अनुमान छ। मतदान केन्द्रबारे टुंगो लाग्न भने बाँकी छ। गाउँपालिका र नगरपालिकाको वडाका मतदाता नामावलीको अन्तिम टुंगो लागेपछि केन्द्र तोक्ने तयारी निर्वाचन आयोगको छ। आयोगले बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ। करिब २१ हजार मतदान केन्द्र हुने अनुमान आयोगको छ।
कहाँ–कहाँ छ समस्या ?
प्रदेश नम्बर २ का आठ जिल्लामध्ये सप्तरीका गाउँपालिका र नगरपालिकामा सबैभन्दा धेरै समस्या छ। सप्तरीका आठवटा नगरपालिका र नौवटा गाउँपालिकामा एक सय ६२ वटा वडा कार्यालय छन्। ती कुनै पनि कार्यालय सञ्चालनमा छैनन्। तर, अन्य सातवटा जिल्लामा भने आंशिक समस्या देखिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए। उनका अनुसार रौतहटमा १०, बाराका ७ तथा धनुषा र महोत्तरीका केही गाउँपालिकामा समस्या छ। ‘ती क्षेत्रमा एकप्रकारले लुकामारीजस्तो भएको छ, उनीहरूले कार्यालयको बोर्ड जलाउने, हामीले बनाउने भइरहेको छ,’ तामाङले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपामा यसरी मिल्यो भागबण्डाको सेटिङ
नेकपामा यसरी मिल्यो भागबण्डाको सेटिङ
सवारी चालक अनुमतिको काम अब भक्तपुरबाट पनि…
सवारी चालक अनुमतिको काम अब भक्तपुरबाट पनि…
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
विनियोजन विधेयकमाथिको छलफल सकियो
विनियोजन विधेयकमाथिको छलफल सकियो
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब
सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?