१३ वर्षीया बालिका बलात्कृत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
१३ वर्षीया बालिका बलात्कृत

सारांश

  • बासप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
  • घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् ।
  • उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् ।

बासप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् ।आरोपितहरुले राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि बालिका रुँदै घर आएकी उनकी आमाले जानकारी दिनुभयो । विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितहरुको नाम र ठेगाना बताउन सकेकी छैनन् ।

इन्सेक सप्तरीको कार्यालयमा बिहान पीडित बालिकासहित आउनुभएकी उनकी आमाले इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिनुभएको थियो ।बालिकाको अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको इन्सेकका प्रतिनिधि मनोहर पोखरेलले जानकारी दिनभुयो । आरोपितहरुको नाम र ठेगाना नखुलेपछि प्रहरीले बालिकाले बताएको हुलियाका आधारमा उनीहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?