१४ दिनमै नेपाल कम्युनिष्ट पार्टीको नाम परिवर्तन
सारांश
- काठमाडौँ, १७ जेठ – नेपाल कम्युनिस्ट पार्टीको नाम परिवर्तन गरेको छ ।
- एमाले र माओवादी केन्द्रको एकीकरण भएको दुई सातामै नाम परिवर्तन गरिएको हो ।
- नेपाल कम्युनिष्ट पार्टी नाम राखिएकोमा अब ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ हुने भएको छ ।
काठमाडौँ, १७ जेठ – नेपाल कम्युनिस्ट पार्टीको नाम परिवर्तन गरेको छ । एमाले र माओवादी केन्द्रको एकीकरण भएको दुई सातामै नाम परिवर्तन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नाम राखिएकोमा अब ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ हुने भएको छ । यस अघि निर्वाचन आयोगमा अन्डरलाइन सहितको नेपाल कम्युनिष्ट पार्टी नाम राख्ने भन्दै निवेदन दिइसकेको छ । निर्वाचन आयोगमा अर्को दलसँग नाम मिलेको भन्दै १४ दिनमै पार्टीको नाम परिवर्तन गरिएको हो ।
सबै तर्फबाट आएको सुझावका कारण नाम परिवर्तन गर्नु परेको पार्टीका नेता सुवास चन्द्र नेम्वाङले जानकारी दिएका छन् । निर्वाचन आयोगमा यस अघि नै नेकपा नामको पार्टी दर्ता भैसकेकाले छुट्याउन अप्ठेरो हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्न लागिएको बताएका छन् ।
निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रियामा प्रक्रिया अघि बढेको बताइएको छ । आयोगमा दर्ता हुन नयाँ पार्टीको नाम, ३३ प्रतिशत महिला सहित केन्द्रीय कमिटीको नामावली, नयाँ विधान, घोषणापत्र, नियमावली लगायतका कागजात बुझाउनुपर्ने हुन्छ ।
अब आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नयाँ नाम सहितको कागजात बुझाउने बताएको छ ।
प्रतिक्रिया