२० फागुनपछि मात्र संसद बैठक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १४, २०७७
|
|
४८ पटक हेरिएको
Shares
२० फागुनपछि मात्र संसद बैठक

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसदको बैठक २० फागुनपछिको मिति पारेर बोलाउने सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने भएका छन् ।
  • उनले त्यसको जानकारी निकटस्थहरुसँग गरिसकेका छन् ।
  • बिहिबार ओलीले राष्ट्रपति भण्डारीसँग शितलनिवासमा भेटी संसद बैठक डाक्नेबारे परामर्श गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसदको बैठक २० फागुनपछिको मिति पारेर बोलाउने सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने भएका छन् । उनले त्यसको जानकारी निकटस्थहरुसँग गरिसकेका छन् ।

बिहिबार ओलीले राष्ट्रपति भण्डारीसँग शितलनिवासमा भेटी संसद बैठक डाक्नेबारे परामर्श गरेका थिए । सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरी १३ दिनभित्र बैठक बोलाउन आदेश जारी गरेको छ । २४ फागुनभित्र संसद बैठक बोलाइसक्नुपर्छ ।

प्रधानमन्त्री ओलीले भने २२ गतेका लागि प्रतिनिधि सभा बैठक डाक्ने तयारी गरेको जानकारी दिएको निकटस्थले बताएका छन् । एक दिन अघि वा पछि पनि हुनसक्ने उनले बताएका छन् ।

२० फागुनमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई दर्ता गराएकोमा आयोगविरुद्ध दायर रिटमाथि फैसला आउँदैछ । फैसला आएपछि नेकपाको वैधानिक विभाजन हुने या नहुने टुंगो लाग्नेछ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिने गरी फैसला आउने चर्चा चलिरहेको छ ।

यही अवस्थालाई दृष्टिगत गरी ओलीले २० फागुनपछि मात्र संसद बैठक बोलाउन सिफारिश गर्ने भएका छन् ।

ओलीले आजै पार्टी संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई मनोनयन गरेका छन् । यसअघि देव गुरुङ मुख्य सचेतक थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?