२१ वर्षीया शिवकुमारी बनिन् ‘सेलिब्रिटी उम्मेदवार’

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २२, २०७४
|
|
३७ पटक हेरिएको
Shares
२१ वर्षीया शिवकुमारी बनिन् ‘सेलिब्रिटी उम्मेदवार’

सारांश

  • २२ जेठ, कपिलवस्तु ।
  • जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् ।
  • स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर भएपछि नगरमा उनको चर्चाले चुनावी माहौल फेरिएको छ ।

२२ जेठ, कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर भएपछि नगरमा उनको चर्चाले चुनावी माहौल फेरिएको छ ।

एमालेले शिवराज नगरपालिकाको मेयरमा जिल्लाका बरिष्ठ नेता नेत्रराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

उपमेयरमा जिल्लाभरकै सबैभन्दा कनिष्ठ उम्मेदवार बन्दैछिन् शिवकुमारी थारु । उनी आइतबार उम्मेदवारी घोषणासभामा परम्परागत थारु पहिरनमा उपस्थित भएर सबैको ध्यान खिच्न सफल भइन् ।

थारु, मधेसी र पहाी समुदायको मिश्रित बसोबास रहेको शिवराज नगरपालिकामा सामाजिक सद्भावक कायम गर्दै नगरको सम्बृद्धिका लागि आफू एमालेबाट उम्मेदवार बनेको शिवकुमारीले बताइन् । उम्मेदवार बन्नुअघि उनी एमालेको सामान्य कार्यकर्ता मात्र थिइन् ।

मेयरमा उम्मेदवार बनेका नेता अधिकारी २०७० सालको संविधानसभा निर्वाचनमा थोरै मतले पराजित भएका थिए । अहिले शिवराज नगरपालिकामा अन्य उम्मेदवारको भन्दा शिवकुमारीको चर्चाले उनलाई काठमाडौं महानगरको मेयरमा उठेकी रन्जु दर्शना जस्तै सेलिब्रिटी बनाइदिएको छ ।

भाषणकला र वाकपटुताका कारण स्थानीय समुदायमा स्थापित भएकी थारुलाई एमालेले जातीय सन्तुलन मिलाउन र नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्न उपमेयरमा उम्मेदवार बनाएको एमालेका जिल्ला इन्चार्ज खिमलाल भट्टराईले बताए ।

उम्मेदवारी घोषणासभामा थारुले भनिन्, ‘मेरो उम्मेदवारी थारु युवालाई एउटा सन्देश पनि हो । नेताले देश बिगारे भनेर विदेश पस्ने कि आफ्नो गाउँ ठाउँको परिवर्तनका लागि आफैं अग्रसर भएर राम्रा मान्छे जिताउने ? यो प्रश्नका उत्तर दिन मैले चुनाव लड्ने निर्णय गरेकी हुँ ।’

थारु समुदायपछि पर्नुमा नेतृत्व लिने अग्रसरता नदेखाउनु मुख्य कारण रहेको भन्दै अब परिवर्तन आफैंबाट शुरु गर्नुपर्ने उनले बताइन् । ‘राजनीतिको रोटी सेक्न केही व्यक्तिले मधेसी र पहाडी भनेर हामीलाई बिभाजित गरेका छन्, म बिभाजित समाज जनताको मतबाट जोड्न चाहान्छु’ शिवकुमारीले  भनिन् ।
शिवराज वडा नम्बर १ निवासी शिवकुमारी उपमेयरको टिकट पाउनुअघि सरस्वती निम्न माध्यमिक विद्यालयकी शिक्षिक थिइन् । पार्टीले टिकट दिनेभएपछि घरपरिवारकै सल्लाहमा शिक्षकबाट राजिनामा दिएको उनले बताइन् ।

सानै उमेरमा विवाह भएकी शिवकुमारीका पति वैदेशिक रोजगारीमा छन् भने ३ वर्षकी छोरी बोकेरै उनी चुनावी अभियानमा निस्किएकी छन् ।

नगरपालिकाको उपमेयरको काम के हो भन्ने आफूलाई राम्रोसँग थाहा भएकाले बिभिन्न खाले हिंसा र बिभेदमा परेका मधेसी तथा थारु महिलालाई न्याय दिलाउने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताइन् ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरुण धवनको इंगेजमेन्ट भइसकेको खुलासा
बरुण धवनको इंगेजमेन्ट भइसकेको खुलासा
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
आन्तरिक विवादले साक्षर घोषणा हुन सकेन
आन्तरिक विवादले साक्षर घोषणा हुन सकेन
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
रामायणमा ऋतिक रोशन र दीपिका पादुकोण
रामायणमा ऋतिक रोशन र दीपिका पादुकोण
राष्ट्रपतिले भने- नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ?
राष्ट्रपतिले भने- नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ?
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एकजना घाइते
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?