सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ७, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सभापति देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।
  • दाहालको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो ।
  • सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

दाहालको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०१९ मङ्सिर ४ गते ओखलढुङ्गाको बरुणेश्वर–४ मा जन्मनुभएका दाहाल विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार थिए । स्व दाहालले कांग्रेसद्वारा सञ्चालित विसं २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतीत गरेको पार्टी कार्यालयले जनाएको छ ।

स्व दाहाल राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आएका थिए । दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम
एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम
होटेल ‘ताज’ बमले उडाउने धम्की ‘
होटेल ‘ताज’ बमले उडाउने धम्की ‘
युवा क्रिकेटर कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
युवा क्रिकेटर कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार
योजना “म त बस्नै नसक्ने” भन्दैछिन केके लाई (हेरौ भिडियो)
योजना “म त बस्नै नसक्ने” भन्दैछिन केके लाई (हेरौ भिडियो)
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी

तपाईंले छुटाउनुभयो कि?