३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
६० पटक हेरिएको
Shares
३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी

सारांश

  • २३ मंसिर, दोलखा ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
  • शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् ।

२३ मंसिर, दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए ।

यसैबीच दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्का बिजयी भएका छन् । खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् । प्रदेशसभा २ तर्फ एमालेका पशुपति चौलागाईको बिजय घोषणा हुन बाँकी छ । उनको जित निश्चित भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
नयाँ सरकारले रोक्यो ३ सय ५० कर्मचारीको विदेश सयर
नयाँ सरकारले रोक्यो ३ सय ५० कर्मचारीको विदेश सयर
पश्चिमका केही स्थानमा भारी वर्षा हुने
पश्चिमका केही स्थानमा भारी वर्षा हुने
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क
कहिले हुन्छ श्रीपेच प्रदर्शनी ? किन भइरहेकाे छ ढिलाइ ?
कहिले हुन्छ श्रीपेच प्रदर्शनी ? किन भइरहेकाे छ ढिलाइ ?
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
अमेरिकन डलरकाे भाउ स्थिर रहँदा युराेकाे बढ्याे
अमेरिकन डलरकाे भाउ स्थिर रहँदा युराेकाे बढ्याे
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)

तपाईंले छुटाउनुभयो कि?