३ कोइराला एउटै मालामा देखिदा टेन्सनमा देउबा
सारांश
- काठमाडौं, ४ फागुन ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन जना नेताहरु महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइराला तीन जना नेताले एउटै माला पहिरिएका छन्।
- तीन जना कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइएको हो।
काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन जना नेताहरु महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइराला तीन जना नेताले एउटै माला पहिरिएका छन्।
तीन जना कोइरालालाई शनिबार वीरगंजमा एउटै माला लगाइएको हो। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन तीनै जना नेता वीरगंज पुगेका हुन्। फोटो प्रदर्शनी, कार्यालय उद्घाटन र विचार गोष्ठी उद्घाटन कार्यक्रममा तीनै नेतालाई १२१ किलोको एउटै माला पहिर्याइएको हो।
३ कोइराला यसरी मेलमिलापका साथ वीरगंज पुगि माला लगाउँदा सभापति शेरबहादुर देउबा सशंकित बनेको अनुमान गरिएको छ ।
प्रतिक्रिया