४ लाख मूल्य बराबरको औषधिसहित ३ जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
४ लाख मूल्य बराबरको औषधिसहित ३ जना पक्राउ

सारांश

  • सप्तरी, १०असार।
  • गैरकानुनी रुपमा आयात गरिएको साढे ४ लाख मूल्य बराबरको औषधि सहित सप्तरीको तिलाठी कोइलाडी बाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
  • भारतबाट आयात गरिएको औषधिसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ का रामविलास दास, ३० वर्षीय श्रवण सदा र ५० वर्षीय फुल्गेन सदालाई पक्राउ गरिएको हो।

सप्तरी, १०असार। गैरकानुनी रुपमा आयात गरिएको साढे ४ लाख मूल्य बराबरको औषधि सहित सप्तरीको तिलाठी कोइलाडी बाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

भारतबाट आयात गरिएको औषधिसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ का रामविलास दास, ३० वर्षीय श्रवण सदा र ५० वर्षीय फुल्गेन सदालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट डेक्ट्रोलिन, मोक्सी, क्रिटोजना, प्रिम्नोटकिट, मुल्टिभिट, वालकोवाल प्लसलगायत गरी ४ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको औषधी बरामद भएको सप्तरीका एसपी मुकेश सिंहले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई प्रहरी चौकी तिलाठीमा राखि अनुसन्धान भईरहेको प्रहरी ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?