६ वटा आयोगमा खटाइए यी सचिव
सारांश
- काठमाडौं ।
- सरकारले संविधान अनुसार नयाँ गठन हुने र भैरहेका आयोगहरुका लागि नयाँ सचिव पठाउने भएको छ ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधानको व्यवस्था अनुसार ६ वटा आयोगमा सचिव पठाउने निर्णय गरेको हो ।
काठमाडौं । सरकारले संविधान अनुसार नयाँ गठन हुने र भैरहेका आयोगहरुका लागि नयाँ सचिव पठाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधानको व्यवस्था अनुसार ६ वटा आयोगमा सचिव पठाउने निर्णय गरेको हो ।
मन्त्रालयमा काम गरिरहेका सहसचिवलाई आयोगका लागि सचिवमा कामकाजका तोकिएको हो ।
मन्त्रालयको आइतबार बसेको मन्त्रिस्तरीय बैठकले ६ वटा आयोगमा सचिव पठाउने निर्णय गरेको हो । मन्त्रालयले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिव पठाएको मन्त्रालयले जनाएको छ ।
।
राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारू आयोगमा रुपनारायण भट्टराईलाई खटाइएको हो ।
मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम, राष्ट्रिय समावेशी आयोग नयाँ गठन भएका हुन् ।
प्रतिक्रिया