टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १४, २०७९
|
|
५४ पटक हेरिएको
Shares
टी -२० विश्वकप क्रिकेटमा  आयरल्याण्डलाई हराउँदै  अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा

सारांश

  • काठमाडौ ।
  • टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै आयोजक अष्ट्रेलिया आइसिसी आफ्नो समूहको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
  • आज ब्रिस्बेनमा भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ।

काठमाडौ । टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै आयोजक अष्ट्रेलिया आइसिसी आफ्नो समूहको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

आज ब्रिस्बेनमा भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ। पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले २० ओभरमा ५ विकेट मात्र गुमाएर १७९ रन बनाएको थियो।

जितका लागि दिएको १८० रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ दशमलव १ ओभरमा नै जम्मा १३७ रनमा अलआउट भयो।

आयरल्याण्डका लोर्कन टकरले अविजित रहँदै ७१ रनको योगदान गरे पनि जित दिलाउन सकेनन्। ग्यारेथ डेलानीले १४ तथा मार्क एडेयर र पाउल स्टर्लिङले ११र११ रन जोडे पनि बाँकी खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

बलिङतर्फ प्याट कमिन्स, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एडम जाम्पाले २र२ विकेट लिए।

त्यसअघि अष्ट्रेलियाको ब्रिस्बेनमा टस जितेको आयरल्याण्डले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७९ रन बनायो।

अष्ट्रेलियाका कप्तान आरोन फिन्चले सर्वाधिक ६३ रनको योगदान गरे। मार्कस स्टोइनिसले ३५ तथा मिचेल मार्शले २८ रन जोडे। डेभिड वार्नर ३ रनमा पेभेलियन फर्किए।

जारी प्रतियोगितामा ५ अंक जोडेको न्युजिल्याण्ड यो समूहको शीर्ष स्थानमा छ। समान ५ अंक नै जोडेको भए पनि नेटरनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ।

५ अंक नै जोडेको दक्षिण अफ्रिका अर्को समूहको शीर्ष स्थानमा छ भने ४ अंक जोडेको भारत दोस्रो स्थानमा छ। यही समूहमा ४ अंक नै रहे पनि बंगलादेश नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
राष्ट्रिय अवार्ड पाएपछि स्वस्तिमाको अभिनय कमजोर
राष्ट्रिय अवार्ड पाएपछि स्वस्तिमाको अभिनय कमजोर
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा
शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा
सन्दिप लामिछानेबारे बाबुरामदेखि पारससम्मले के गरे ट्वीट ?
सन्दिप लामिछानेबारे बाबुरामदेखि पारससम्मले के गरे ट्वीट ?
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ

तपाईंले छुटाउनुभयो कि?