९०० ले घट्यो सुनको मूल्य

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २५, २०७७
|
|
३९ पटक हेरिएको
Shares
९०० ले घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ ।
  • आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ ।

काठमाडौं, २५ मंसिर । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

(newslive.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?