​दरबारमार्गमा फेरि आतंक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
​दरबारमार्गमा फेरि आतंक

सारांश

  • काठमाडौं ।
  • आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीले दरबारमार्गमा आतंक मच्चाएका छन् ।
  • वेन्टली, पुमा, नाइक र स्टोर वानमा छापा मारेर पसल सिल गरेको पर्सिपल्ट आज दिउँसो ‘लिवाइज’, ‘एडिडास’, ‘रिबक’ सो रुममा पनि विनाकारण छापा हान्ने र ‘सिल’ गर्ने काम सुरु गरेको छ ।

काठमाडौं । आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीले दरबारमार्गमा आतंक मच्चाएका छन् । वेन्टली, पुमा, नाइक र स्टोर वानमा छापा मारेर पसल सिल गरेको पर्सिपल्ट आज दिउँसो ‘लिवाइज’, ‘एडिडास’, ‘रिबक’ सो रुममा पनि विनाकारण छापा हान्ने र ‘सिल’ गर्ने काम सुरु गरेको छ ।

ब्यापारीले कति मूल्यमा सामान आयात गर्छन् र कति मूल्यमा बिक्री गर्छन् भन्ने कुरा बुझ्दै नबुझी एकाएक पसलभित्र छिरेर वाइसीएल स्टाइलले सिल गरेका छन् । रिबकमा छापा मार्ने क्रममा मूल्यमा खासै फरक नभेटिएपछि कर्मचारीले विभागका महानिर्देशक कुमार दाहाललाई के गर्ने भनेर सोध्दा उनले ताला ठोक्न निर्देशन दिएपछि सिल गरिएको छ ।

अहिले लिवाइजमा छापा मारी बिलबिजक छानबिन गरी सिल गर्ने तयारीमा विभागका कर्मचारीहरु छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Lokendra Pandeya

    हाम्रो देश मा जस्ले जे बोल्दा नि हुने? 1000 प्रतिसत सम्म नाफा राखेर लुट्तन्त्र मच्चाउन नपाई खैला बैला भयेजस्तो छ, यो ठगी आतन्क बन्द गर्न सरकार हदै सम्म कृयासिल हुन जरुरी छ। यो अभियन लाई तिब्र बनाउनु आवस्यक छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?