Monday, March 4
Shadow

भारतीय प्रधानमन्त्री मोदीको एउटा ट्वीटले विश्वभर तरङ्ग ल्याइदियो, के उनी सामाजिक सञ्जालबाट कट्दैछन् ?


  • -इ
  • इ+

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति आठ बजेर ५६ मिनेटमा एउटा ट्वीट गरे, जसले दुनियाँलाई तरंगित पारिदिएको छ । उनले ट्वीटमा लेखेका छन्, ‘सोचिराखेको छु कि यस आइतबारबाट ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालको अकाउन्ट बन्द गरिदिऔं ।’

प्रधानमन्त्री मोदीको यो ट्वीटले अहिले विश्वभर तरंग जस्तै ल्याइदिएको छ । उनको यो बेला टवीट फलोअर्स मात्र ५ करोड ३३ लाखभन्दा बढी रहेका छन् । त्यस्तै फेसबुकमा मोदीका ४ करोड ४७ लाखभन्दा बढी फलोअर्स रहेका छन् भने इन्स्टाग्राममा ३ करोड ५२ लाख फलोअर्स रहेका छन् । त्यस्तै उनी युट्यबमा पनि कम लोकप्रिय छैनन् । उनलाई युट्युबमा ४ करोड ५१ लाख जनाले सब्सक्राइब गरेका छन् ।

यद्यपि उनले यो कदमको उद्देश्यबारे कुनै कारण खोलेका छैनन् । उनले सामाजिक सञ्जालका अकाउन्ट बन्द गर्नेछन् वा त्यसबाट टाढा मात्र रहनेछन् भन्ने स्पष्ट प्रतिक्रिया नआएकोले उनका विश्वभर रहेका फलोअर्सहरुले विभिन्न टिप्पणीहरु गरिरहेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्