Saturday, May 18
Shadow

सुचना विभागलाई महासंघकाे अल्टिमेटम


  • -इ
  • इ+

काठमाडौ, २१ फागुन । नेपाल पत्रकार महासंघले न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई कारवाही गर्न सूचना तथा प्रशारण विभागमा एकहप्ते अल्टिमेटम बुझाएकाे छ ।

महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका संयाेजक रामप्रसाद दाहालकाे नेतृत्वमा गएकाे टाेलीसँग विभागका महाप्रवन्धक लेखनाथ शर्माले ऐन अनुसार सेवासुविधा नदिने सञ्चारमाध्यमलाई ध्यानाकर्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

“हामी अध्ययन गरेर केही कदम चाल्छाैं, पत्रकार महासंघलाई निरन्तर सहकार्य गर्न अाग्रह गर्दछु,” महाप्रबन्धककाे भनाई उदृत गर्दै समितिका सह-संयाेजक जन्मदेव जैसीले बताए । टाेलीले पटक-पटककाे ध्यानाकर्षणलाई अझै बेवास्ता गरे चरणबद्ध अान्दाेलनमा जाने चेतावनी दिएकाे पत्रकार महासंघ केन्द्रीय सदस्यसमेत रहेका जैसीले जानकारी दिए।

  1. छलफलमा केन्द्रीय सदस्य तथा समिति सदस्य यम विरही र महासंघ उपत्यका अध्यक्ष तथा सदस्य एनके दाहालले अब पनि विभाग गम्भीर नभए महासंघसामु अान्दाेलनकाे बिकल्प नभएकाे स्पष्ट पारेका थिए। महासंघका सचिवसमेत रहेका संयाेजक दाहालले एकहप्ताकाे अल्टिमेटमसहितकाे ध्यानाकर्षण पत्र महाप्रबन्धक शर्मालाई बुझाएका थिए ।
"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्