Friday, May 3
Shadow

प्रदेश २ मा आज मतदान, स्थायी राजधानी टुंगो लगाउने


  • -इ
  • इ+

चैत ४, २०७६ जनकपुरधाम : प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन आज प्रदेश सभामा मतदान हुने भएको छ।  प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयकमाथि छलफल गर्ने र त्यसपछि मतदानको प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको विशेष समितिले प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमति गरे पनि नामको विषयमा सहमति जुटेको छैन।

राजधानीको विषयमा सहमति भइसकेकाले प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट टुंगो लाग्ने सम्भावना छ। नाम के राख्ने विषय भने मतदान प्रक्रियाबाट पनि टुंगो लाग्ने सम्भावना कम छ।  टुंगो लगाउन दुई तिहाई बहुमत चाहिने र सहमति बिना त्यति मत प्राप्त नहुने भएकाले टुंगिने सम्भावना कम रहेको हो। स्थायी राजधानीका लागि तीनवटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशको नामका लागि चारवटा प्रस्ताव दर्ता भएका छन्।  प्रमुख प्रतिपक्ष नेकपाले जानकी र प्रतिपक्ष कांग्रेसले मिथिला भोजपुरा नाम राख्न प्रस्ताव गरेका छन् भने सतारुढ समाजवादी पार्टी र राजपाले मधेस प्रदेश नाम राख्नुपर्ने प्रस्ताव गरेको छन्।

पारित हुने प्रस्तावको पक्षमा ७२ मत चाहिन्छ।  १ सय ७ सदस्यीय प्रदेशसभामा दुई तिहाई मत प्रस्तावलाई पारित गर्न चाहिने प्रदेशसभा सचिवालय सचिव रञ्जित यादवले बताए।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्