वीरगञ्ज प्रहरी हत्या काण्ड : विवाहेत्तर सम्बन्धको आरोपमा प्रहरी जवानको हत्या



वीरगञ्ज प्रहरी हत्या काण्ड : विवाहेत्तर सम्बन्धको आरोपमा प्रहरी जवानको हत्या

 

वीरगञ्जको रानीघाटमा एक प्रहरी जवानको विवाहेत्तर सम्बन्धको घटनामा हत्या भएको छ। सप्तरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत २८ वर्षीय विकास चौरसियाको आइतबार राति मृत्यु हुने गरी आक्रमण गरिएको प्रहरीले जानकारी दिएको छ।

 

प्रारम्भिक अनुसन्धान अनुसार, चौरसियाको मृत्युसँग सम्बन्धित घटनामा सन्तोष साह नामक व्यक्तिले आफ्नो श्रीमतीसँग प्रहरी जवानको सम्बन्ध रहेको शंका गरेपछि योजना अनुसार भेट्न बोलाइएको बताइन्छ। सन्तोषले श्रीमतीलाई फोन गराएर चौरसियालाई डेरामा बोलाएका थिए। भेट्न पुगेपछि सन्तोष, उनकी श्रीमती तथा साथमा रहेका अन्य दुई जनाले मिलेर हमला गरेको अनुसन्धानमा खुलेको पर्साका एसपी सुदीपराज पाठकले बताए।

 

घटनामा संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

अभियान पोष्ट