Saturday, May 18
Shadow

धारिलो हतियार प्रहारबाट काठमाडौंमा एक जनाको मृत्यु


  • -इ
  • इ+

काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय लक्ष्मण तामाङ छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरसँग भने, ‘ग्रिनसिटी हस्पिटलमा उपचाररत घाइतेको मृत्यु भइसकेको छ, थप अनुसन्धान जारी छ ।’

हालसम्म प्राप्त विवरण अनुसार दुई समूहबीच झगडा हुँदा घटना भएको हुनसक्ने भनिएको छ । यद्यपि, प्रकरणमा कोही पक्राउ परिनसकेकाले यकिन भइनसकेको प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रकरणमा संलग्न अभियुक्तको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्