Saturday, May 18
Shadow

सिन्धुलीमा एकै दिन १३ जनामा काेराेना पुष्टी


  • -इ
  • इ+

आज एकै दिन सिन्धुलीका १३ जनामा कोरोना पुष्टि भएको छ।

जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएका १ सय ८८ जनामध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो।

विदेशबाट आएर भूसंरक्षणको कार्यालयमा रहेको क्वारेन्टाइनमा रहेका ७ जना, कमलामाई नगरपालिका-७ का एक जना, पर्यावरण गण रानीवासका-२ जना सैनिक, एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी र कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए।

सिन्धुलीमा एकै दिन १३ जनामा कोरोना देखिएपछि जिल्ला अस्पतालमा बेड अभाव हुन थालेकाे छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्