Sunday, May 19
Shadow

अखिल क्रान्तिकारीले कालाेबजारियाकाे गाेदाम फाेड्ने (विज्ञप्ति सहित)


  • -इ
  • इ+

            काठमाडौँ ।  अनेरास्ववियु (क्रान्तिकारी)ले कोरोनाभाइरसबाट सतर्क रहन आम नागरिकलाई आग्रह गर्दै सेवामा जुट्न विद्यार्थीलाई अपील गरेको छ । कोरोनाको आतंकबीच कालोबजारी बढ्नुको साथै कृतिम अभाव गरी मूल्यवृद्धि आकासिदा पनि सरकारले अनुगमनतिर नलागेर रमेत बनेको बताएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले विज्ञप्ति जारी गरेर कोरोनाको आशंका गरिएका नागरिकको स्वास्थ्य परीक्षण तथा उचित उपचारको व्यवस्था हुन नसकेको बताएको छ । परीक्षणको लागि स्वास्थ्य संस्था पुगेकाहरुलाई भर्ना नलिएर रिफर गर्ने गैरजिम्मेवार हर्कत बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अखिल क्रान्तिकारीले कोरोनाभाइरस संक्रमण न्यूनीकरण तथा रोकथाम गर्न …बुँदे माग गरेको छ । उसले कोरोनाका बिरामीको परीक्षणदेखि उपचार निः शूल्क गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई उचित तालिम, प्रबन्ध मिलाउनुको साथै सेवा, सुविधा र सुरक्षाको प्रत्याभुत गर्दै थप जनशक्ति भर्ति गर्नुपर्ने माग गरेको छ । त्यसैगरी चैत्र महिनामा सबै शैक्षिक संस्था बन्द रहेकोले शूल्क फिर्ता वा समायोजना गर्नुपर्ने माग समेत राखेको छ ।
त्यसैगरी संकटको घडीमा नागरिकलाई सेवा दिनुको साटो कृतिम अभाव सिर्जना गर्ने र कालोबाजरी गरे गोदाम फोडेर नागरिकलाई बाड्ने अध्यक्ष विष्टले चेतावनी दिएका छन् ।

यस्तो  छ ९ बुँदे विज्ञप्तिमा  

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्