Friday, May 3
Shadow

सीता–रामले होली खेलेको थलो कञ्चनवन आइतबार बन्यो होलीमय


  • -इ
  • इ+

जनकपुर । त्रेता युगमा सीता र रामले रङ र अबिर दलेर होली खेलेको स्मरणमा आइतबार मिथिला माध्यमिकी परिक्रमामा सहभागीहरुले होली खेलेका छन् ।

परिक्रमामा मिथिला विहारीको डोलासँगै परिक्रमामा कञ्चनवन पुगेका सहभागीहरुले एक अर्कालाई रङ र अबिर दलेर होेली पर्वको शुभारम्भ गरेका हुन् ।

कञ्चनवनमा परिक्रमामा सहभागीहरुले अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ । परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा छ ।

यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता हुन्छ ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्येमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल हो ।

इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए ।

यहाँ परिक्रमामा सहभागीहरु रङ र अबिर दलेर होली खेल्ने गर्छन ।  कञ्चन वनको होलीको प्राचिनतालाई देखेर विगत केही वर्षदेखि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आइरहेकोे छ ।

एकातिर रङ र अबिर र अर्को तिर होरैया गानमा फेरी हजारो सहभागिता देखिने गर्छ । यहाँको होली आनन्दमय नै हुनेगर्छ ।

जनकपुरधामको हनुमाननगरबाट डोलासहित हिडेको टोली कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड घुमेर  कञ्चनवन पुगेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्