Sunday, May 19
Shadow

अ. ने. म. संघ (क्रान्तिकारी) की अध्यक्ष बन्दु चन्द १४ महिनापछि रिहा


  • -इ
  • इ+

काठमाडाैं ।  अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष बन्दु चन्द सर्वाेच्च अदालतकाे आदेशमा रिहा हुनुभएकाे छ ।

यसअघि धेरैपटक रिहापश्चात् पुन: पक्राउ परे पनि यसपल्ट भने रिहा हुनु भएको हो ।  झन्डै १४ महिनापछि सर्वोच्च अदालतको आदेशमा मंगलबार कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी छन । उनि सरकारले  प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उनलाई प्रहरीले अछामबाट गिरफ्तार गरेर देशका आधा दर्जनभन्दा बढी जिल्लामा घुमाएको थियो ।

प्रहरीले उनलाई सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङकाे जेल हिरासतमा राखेको थियो । पटक पटक छाेड्ने आदेश पाए पनि माथिको आदेश भन्दै प्रहरीले उनलाई निरन्तर गिरफ्तार गरिरहेको थियो । मंगलबार भने सर्वोच्च अदालतबाट रिहा गर्न आदेश आएपछि उनी कपिलवस्तुबाट छुटेकी हुन् । विप्लव नेतृत्व नेकपाका नेता कार्यकर्ताहरुमा नेतृ चन्द सबैभन्दा लामाे जेल जीवन बिताउने नेतृ हुन ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्