Sunday, May 5
Shadow

थप ९ जनामा कोरोना संक्रमण, दाङमा पहिलो पटक ३ जना भेटिए


  • -इ
  • इ+

काठमाडाैं । आजै थप नौ जना कारोना संक्रमिति भेटिएका छन् । दाङमा पहिलो पटक ३ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारीको विज्ञप्ति अनुसार दाङको गढवा—४ र ५ तथा तुलसीपुर—७ का २३,३६ र ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्सामा ९, १० का बालक तथा २३ र ४७ वर्षीय पुरुष, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष र काठमाण्डौं सतुंगलका ७ वर्षीय बालक संक्रमित भेटिएका छन् । विहान मात्रै ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । आज मात्रै १८ जना कोरोना संक्रमित भेटिएका छन् ।  यो संगै देशभर कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्