Saturday, May 4
Shadow

प्राकृतिक हस्पिटल : विरामीकाे माया, सरकारकाे हेला


  • -इ
  • इ+

रजहर, नवलपरासी। प्राकृतिक चिकित्साप्रति मानिसहरुको आकर्षण बढ्दाे छ, तर सरकारकाे ध्यान भने यस्ता काममा कहिल्यै पुग्दैन ।

काेराेनाकाे दुई लहरले बिचमा केही महिना उपचार नभए पनि काेराेनाका बिरामी भने उपचार गर्न भरिभराउ थिए । काेराेनाकाे शुरुकाल(गत बर्ष) जतिबेला काेरानाबाट ज्यान गुमाउनेहरुकाे संख्या बढिरहेकाे थियाे, बिरामीहरु बढिरहेका थिए, नाम कहलिएका अस्पताल गेटमा ठुलाे ताला लगाएर बन्द अवस्थामा थिए । तर नवलपरासीकाे रजहरस्थित सामुदायिक प्राकृत्तिक चिकित्सालयमा भने बिरामीहरकाे घुईँचाे थियाे ।

चिकित्सालयमा अघिल्लाेआर्थिक बर्षमा महिला ५२१ र पुरुष ५८८ गरी १ हजार १५९ जनाले उपचार सेवा लिएका थिए । जुन त्यसअघिकाे आर्थिक वर्षको भन्दा ३७० जनाले बढी हो ।
०७७/०७८ काे आर्थिक बर्षको पुस मसान्तसम्म २८० जना महिला र २६५ जना पुरुषले उपचार लिइसकेका छन् । जाडोको समयमा भन्दा गर्मीको समयमा बिरामीहरुको चाप बढी हुने गरेको निर्देशक बिनाेद पाैडेल बताउँछन् ।
आवासीय सुविधा सहितको सेवा प्रदान गर्दै आएको चिकित्सालयमा अहिले ८२ शैया छन् । त्यसमा ३० वटा आधुनिक क्याविन छन् ।

चिकित्सालयमा अहिले ५ जना आवासीय चिकित्सकहरु छन् । २०६७ सालमा स्थापना भई सञ्चालनमा आएको चिकित्सालयमा उपचारका लागि आउने बिरामीहरुले आवासीय सुविधासहित दिनको ७ सय रुपैयाँ दिनुपर्दछ । चिकित्सालयमा ४५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘यो चिकित्सालय मानिसहरुको शरिरको सर्भिसिङ सेन्टर पनि हो,’ चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले भने, ‘रोगीहरु निरोगी हुन र निरोगीहरु दीर्घजीवी हुन यो चिकित्सालयमा आउनुपर्दछ ।’
तर सरकारबाट हुँदै आएको सहयोग पर्याप्त नभएको गुनासो सापकोटाको छ । उनले भने, ‘सरकारले पनि पछिल्ला दिनहरुमा योग र प्राकृतिक चिकित्सा पद्धतीको महत्वबारे बुझ्न थालेको छ तर जति महत्व बुझेर सहयोग गर्नुपर्दथ्यो त्यति गरेको छैन ।

एलोपेथिक उपचारका लागि खन्याउने रकमको केही हिस्सा मात्र प्राकृतिक चिकित्सालयमा दिए, त्यसले औषधि र एलोपेथिक पद्धतीमा राज्यको ठूलो आर्थिक भार कटौती हुने चिकित्सक बिनोद पौडेलले बताए । उनले भने, ‘राज्यका प्रयाप्त जडिबुटीहरु छन्, उद्योगहरु सञ्चालन यहिँ गर्न सके, नेपाली रकम बिदेश जाने थिएन ।’

कसरी हुन्छ प्राकृतिक उपचार ?
इमजेन्सी र हात खुट्टा भाचिएका, सर्जरी गर्नुपर्ने बिरामीहरु बाहेक अन्य बिरामीहरु प्राकृतिक चिकित्सालयमा आउने गरेका छन् । प्रायः अन्यत्र एलोपेथिक उपचार गर्दा-गर्दा थाकेर केही सिप नलागेपछि प्राकृतिक उपचार पद्धती रोज्ने गरेका छन् ।
निर्देशक तथा चिकित्सक पौडेलले भने, ‘तर पछिल्ला बर्षहरुमा कुनै समस्या देखिएपछि शुरुमा नै आउने क्रम पनि देखिन्छ । बिरामीहरुलाई दिइएका अनावश्यक मेडिसिनहरु घटाउँछौ, औषधिविहीन चिकित्सा पद्धती मार्फत नै उपचार हुन्छ,’ उनले भने, ‘महत्वपूर्ण भनेको फिजियोथेरापी अंकुपञ्चर, अकु प्रेसर, मसाज, पञ्च तत्व मार्फत उपचार हुन्छ ।’

चिकित्सालयमा बिरामीहरुलाई आकाश चिकित्सा, बायू चिकित्सा, सूर्यकिरण चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, योग चिकित्सा, जडिबुटि चिकित्सा, आहार चिकित्सा, मनोचिकित्सा, मर्म चिकित्सा, मालिस चिकित्सा, गौमुत्र चिकित्साका बिभिन्न विधिहरुबाट उपचार गराउने गरिन्छ ।

प्राकृतिक चिकित्सा पद्धतीबाट हुने उपचारको प्रभाव ढिलो देखिने भए पनि साइड इफेक्ट हुँदैन त्यसैले मानिसहरुको यसतर्फ आकर्षण बढ्दो छ । ह्वील चेयर र तन्नामा बोकिएर आएका बिरामीहरुलाई पनि हिँडेर घर जाने साे चिकित्समलयले बनाएको छ । साइड इफेक्टरहित उपचारबाट कम्तीमा १५ दिनदेखि अधिकतम ३ महिनासम्ममा नै बिरामीमा सुधार देखिने व्यवस्थापक सापकाेटाको भनाइ छ ।

‘हरेक कुरा सहनुको पनि सीमा हुन्छ, मानिसका गलत खानपिन, रहन सहन, क्रियाकलापहरु शरिरले अधिकतम सहन्छ, तर अति भएपछि मात्र बल्ल रोग बनेर देखिने हो,’ चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले भने, ‘शरिरमा रहेका भएका फोहर र बिकारहरुलाई निकालेपछि यस्ता बिरामीहरुलाई फेरि रोग लाग्ने सम्भावना कम हुन्छ । सिंगो शरिरको नै सर्भिर्सिङ हुन्छ । हामीले गर्ने त्यहि हो ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्