Saturday, May 18
Shadow

जनताकाे माईक समाउँदा जेल जानुपर्ने ? : रणविर


  • -इ
  • इ+
 काठमाडौ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत वम (रणवीर)ले जनताको सत्य आवाज वोल्ने आफुले माईक समातेका कारण जेल हालिएको वताउनु भएको छ ।

शुक्रवार रिहा पछि सेन्कोटर जेलकाे गेटबाहिर ाआयाेजित स्वागत तथा अभिनन्दन कार्याक्रममा वोल्दै नेता वमले जनताको माईकवाट भ्रटाचारी,लुटेरा,अपराधिहरुको विरोध गरेकै कारण जेल जानुपर्ने ? भनेर राज्यसत्तालाई प्रश्न गर्नुृभयो । उहाँले भन्नु भयो “जनताको माईक संग ठुलो शक्ति छ, अझै यो माइकलाई दहे संग समात्ने छु ।”

उहाँले यो दलाल व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु ,जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र उनीहरुको उपहार भएको वताउनु भयो ।
आफुले जेलमा वस्दा ३ ‘ग’ को भूमिका पुरा गरेको दावी गर्दै नेता वमले सानो जेलको घेरावाट ठुलो जेलको घेरामा आएको वताउनु भयो ।

संसारमा कोही पनि स्वतन्त्र नभएको भन्दै पूजीवादीहरुको उत्पीडन,शोषण दमनमा परिरहनु परेकाले त्यसवाट मुक्त हुनु नै ठुलो जेलवाट मुक्त हुने ठोकुवा गर्नु भयो ।

नेपालमा अहिलेको संसदीय व्यवस्थाको नेतृत्वले हुस्सु विचार वोकेको उल्लेख गर्दै हुस्सु विचारले नेपालमा शान्ति नहुने पनि ठोकुवा गर्नुृ भयो ।

सो अवसरमा नेता वमले आफनो रिहाको लागि सहयोग गर्ने वकिल,पार्टी कार्यकर्ता,शुभचिन्तक तथा न्यायधिसलाई समेत धन्यवाद दिनु भयो । स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माईला लामाले स्वागत तथा अभिनन्द गर्दै सत्यको जीत र असत्यको हार भएको वताउनु भयो ।

उहाँले संसदवाद सवै हिसावले पतन भएको दावी गर्नु भयो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य हेमन्त प्रकास ओली (सुदर्शन)र केन्द्रीय  सदस्य माइला लामालगायत नेता कार्यकर्ताहरु समेतको सहभागीता रहेको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्