Sunday, May 5
Shadow

कान्तिपुरले महासंघलाई ढाट्याे, पत्रकारकाे तलव कटाैती


  • -इ
  • इ+

काठमाडौं ।  पत्रकार, कर्मचारीको तलब, सुविधा नकाट्ने, बेतलबीमा नराखिने भनी नेपाल पत्रकार महासंघलाई दिएको लिखित प्रतिबद्धतालाई कान्तिपुर पब्लिकेशन्स् प्रालीले उल्लंघन गरेको छ ।

उसले आफ्ना कर्मचारी, पत्रकारको मासिक तलब, सुविधालाई ६० प्रतिशत भन्दा बढी नै कटौती गरी खातामा पठाएको छ ।  गत वैशाख १२ गते महासंघमा गरेको लिखित प्रतिवद्धता र त्यसैका आधारमा महासंघले जारी गरेको विज्ञप्तिपछि ढुक्क भई काममा जुटेका पत्रकार, कर्मचारी तलब काटेपछि निरास् बनेका छन् । अधिकांशको खातामा सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत जम्मा भएको छैन ।

१२ हजारदेखि १८ हजारको बीचमा तलब पठाइएको रहेछ’, एक जना पत्रकारले खुलानेपाललाई जानकारी दिए । यो निर्णयले थोरै पारिश्रमिक भएका काठमाडौं र बाहिर रहेर काम गर्ने पत्रकार बढी मर्कामा परेका छन् । सरकारले पत्रकारको न्यूनतम तलब २४ हजार रुपैया तोकेपनि ठूलो प्रकासन गृह कान्तिपुरले त्यति रकम दिएको छैन । तर, अन्य शिर्षकमा थपेर सुविधा दिँदै आएको थियो ।

वैशाखको पहिलो साता कान्तिपुरले २ सयभन्दा बढी कर्मचारी, पत्रकारलाई बेतलबीमा बस्न मौखिक जानकारी गराएको थियो । त्यसबारे मिडियामा सार्वजनिक भएपछि पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समिति र कर्मचारी यूनियनहरुले चर्को विरोध गरेका थिए । पछि महासंघलाई कान्तिपुरले पत्र नै लेखि त्यस्तो कटौती र बेतलबीको निर्णय नभएको लिखित जानकारी गराएको थियो । त्यसपछि महासंघले वैशाख १२ गते नै एक प्रेस विज्ञप्ति जारी गरी निर्णय कार्यान्वयन गर्न आग्रह गरेको थियो भने आन्दोलनको कार्यक्रम समेत रोकेको थियो ।

कान्तिपुरको पत्रमा आफूहरुले त्यसरी विदामा नराखिएको, समयमै तलब लगायत पारिश्रमिक दिने समेत उल्लेख थियो । त्यसविपरित वैशाख महिनाको तलब पठाउँदा कटौती गरेको हो । बेतलबीमा बस्न सूचना गरिएकाहरुकै बढी कटौती गरिएको छ । यसबारे अनौपचारिक छलफल भइरहेको जानकारी महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिनुभयो ।

‘लिखित प्रतिवद्धता उल्लंघन भएको जानकारी हामीलाई पत्रकारहरुले गराउनुभएको छ । यो विषयमा महासंघले चाँडै खोजखबर गरी आवश्यक निर्णय गर्नेछ, जैसीले भन्नुभयो । कान्तिपुरले जेठ ७ गते आफ्ना स्टाफलाई बैंकमा पहिलो चरणमा तलब पठाएको लेखा स्रोतले जानकारी दियो । दोस्रो चरणमा पनि कटौती गरेरै तलब पठाउने तयारी भइरहेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्