Saturday, May 18
Shadow

पत्रकारका समस्या हल नगरे हप्तादिनपछि महासंघ चरणबद्ध आन्दाेलनमा जाने


  • -इ
  • इ+

काठमाडौ । पत्रकारका समस्यालाई लिएर नेपाल पत्रकार महासंघ सातदिनपछि चरणवद्ध आन्दाेलनमा जाने भएकाे छ ।

बुधबार केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले साे निर्णय गरेकाे हाे । महासचिव रमेश विष्टले बैठकपछि जारी गरेकाे विज्ञप्तिमा पत्रकारका समस्या सल्टाउन सञ्चारगृहलाई एकहप्ते अल्टिमेटम दिइएकाे छ ।

‘एकहप्ताभित्र ठुला सञ्चारगृहका व्यवस्थापन पक्षले पत्रकारका समस्या हल गरेर  त्यसकाे जानकारी महासंघलाई नदिए हामी चरणवद्ध आन्दाेलनमा जान्छाैं,’ बैठककाे निर्णयबारे जानकारी दिंदै केन्द्रीय सदस्य जन्मदेव जैसीले भने ।

जैसीका अनुसार अहिले महासंघमा कान्तिपुर, अन्नपूर्ण पाेष्ट, नागरिक, नयाँ पत्रिका, उज्यालाे एफएम, राजधानी दैनिक, माउण्टेन टिभी, नेपाल आजलगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकार/कर्माचारीहरुले महासंघमा पेशाकाे रक्षाका लागि निवेदन दिएका छन् ।

मंगलबारकाे बैठकले श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थामा हार्दिह आग्रह गरेकाे छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्