Saturday, May 18
Shadow

पत्रकार निष्काशन गर्ने मिडिया मालिक विरुद्ध पत्रकार महासंघआन्दोलित सह-संयाेजक जैसीकाे नेतृत्वमा कालाे ब्यानर


  • -इ
  • इ+

काठमाडौं । श्रमजीवि पत्रकारहरुलाई कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक संकटको कारण देखाउँदै विभिन्न सञ्चार गृहहरुले कामबाट निकाल्ने, बेतलबि बिदामा बस्न लगाउने, पारिश्रमिक नदिने, मानसिक तनाव बढाउने खालको अमान्य गतिविधि बढाएकोप्रति विरोध गर्दै पत्रकारहरु आन्दोलित भएका छन ।

श्रमजिवि पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी कानुन, अन्तराष्ट्रि श्रम कानुन तथा पत्रकार हक, हित तथा अधिकार सम्बन्धी तमाम कानुनी व्यवस्थाको मर्म विरुद्ध मिडिया मालिकहरुले गरिरहेको गतिविधिको विरोधमा पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन ।

कोरोना संकटले विश्व मानव समूदायलाई नै प्रभाव पारेको अवस्थामा मुलुकको नामि र आर्थिक रुपमा समेत सक्षम देखिने मिडिया हाउने नै श्रमजीवी कामदारलाई हटाउने हर्कत पत्रकारहरुको काम गरेर बाँच्न पाउने अधिकारका विरुद्ध रहेको भन्दै पत्रकारहरुले त्यस्ता मिडिया मालिकहरुलाई आन्दोलनको माध्यमबाट तह लगाउने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको संयोजनमा आयोजित कार्यक्रममा  प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रगतिशिल पत्रकार संघ, जनपत्रकार संगठन लगायतका विभिन्न संघ संगठनहरुको ऐेक्यबद्धतामा अघि बढेको आन्दोलन समस्याको हल नहुँदासम्म निरन्तर अघि बढ्ने महासंघले बताएको छ ।

गत शुक्रबार दिउँसो काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गर्दै मिडिया मालिकहरुलाई श्रमजीवी पत्रकारहरुलाई अपमानजनक ढंगले कामबाट निकाल्ने काम बन्द गर्न माग गर्दै त्यसप्रति राज्यलाई समेत सचेत गराइएकोमा मिडिया मालिकहरुले मागको सुनुवाई नगरेकाले आजबाट पुनः आन्दोलन अघि बढाइएको हो ।

मिडिया हाउसहरुसँग श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारको ग्यारेन्टी गर भन्दै महासंघको टिमले गरेको छलफलको पहिचो चरणको प्रयासबाट समाधानको संकेत नदेखिएको कारण आज पुर्न पत्रकारहरु मिडियामा हाउसको गेटमै पुगेर कालो ब्यानर टासेर माग कार्यान्वयनको लागि चेतावनी दिएका छन ।

श्रमजीवी पत्रकारको पक्षमा लामो समयदेखि संघर्षको नेतृत्व गर्दै आएका पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्वमा विभिन्न पत्रकार संघ संगठनको ऐक्यवद्धतासहित नागरिक दैनिक, एपि 1 टेलिभिजन लगायतका मिडियाहरुको गेटमा मागपुरा नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी सहित कालो ब्यान टाँसिएको छ । ‘

‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर ! पेशागत सुरक्षाको ग्यारेण्टी गर !’ लेखिएको कालो ब्यानरमा आयोजना गरिएको उक्त विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकाे श्रमजीवी हित प्रवर्द्धन समिति सह-संयाेजकसमेत रहेका जैसीले कुनैपनि हालतमा श्रमजीवी पत्रकारहरुलाई काममा फकाउँने र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण गराउन राज्य र सम्बन्धीत पक्षलाई चेतावनी दिए ।

उनले कोरोनाको कारण देखाउँदै पत्रकार तथा सञ्चारमाध्यममा काम गर्ने कामदारलाई मनमर्जि निकाल्ने हर्कत महासंघलाई अमान्य हुने र त्यसका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने बताए । उनले समयमै पत्रकारहरुका जायज मागको सम्बोधन नभएमा महासंघ मिडिया हाउसले कल्पना नगेको ढंगको आन्दोलन अघि बढाउने भन्दै उनले कडा चेतावनी दिएका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्