Sunday, May 5
Shadow

कान्तिपुरमा धर्ना: मालिकलाई कालाेमाेसाे दल्ने घाेषणा


  • -इ
  • इ+

काठमाडौं । कान्तिपुर प्रकाशन गृहमा श्रमजीवी तथा पत्रकारहरुले एक घण्टा धर्ना दिएका छन् ।

कोरोना महामारीको मौका छोपी पत्रकारहरु तथा श्रमजीवीहलाई अपमानजनक तरिकाले निलम्बन गरेको, लकडाउन अवधिको पत्रकार तथा श्रमजीवीहरुलाई तलब नदिएको र न्युततम पारिश्रमिक लागु नगरेको भन्दै विभिन्न ११ वटा संगठनहरुले धर्ना कार्यक्रम गरेका हुन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले २७ बर्षदेखि निरन्तर मुनाफा कमाएको कान्तिपुरले कोरोना संकटको मौका पारेर अमानवीय तरिकाले निकालिएका पत्रकार तथा श्रमजीवीहरुको पुर्नबहाली गर्न चेतावनी दिए । उनले देशको सबभन्दा ठूलो मिडिया भन्दै चिनाउने कान्तिपुरले न्युनतम मानवीय मुल्य र मान्यता भुलेको र त्यो कदम नरोकिए पत्रकारहरु तथा श्रमजीवीहरुले कडा संघर्ष गर्ने चेतावनी दिए ।

त्यस्तै प्रेस संगठनका विश्वमणी सुवेदीले पत्रकारहरु तथा श्रमजीवीहरुलाई यसरी नै बिना कारण बर्खास्त गरे बिग मिडियाहरुलाई नांगेझार पार्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै प्रेस संगठन नेपालका ३ नं. प्रदेश अध्यक्ष विष्णुमणी सुवेदीले श्रमजीवीका माग पूरा गराउने याे अान्दाेलन माग पूरा नहुञ्जेलसम्म जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले पत्रकार मजदुरहरु मिल्नुकाे बिकल्प नभएकाे बताउँदै अाफ्नाे संगठन निरन्तर अान्दोलनकाे माेर्चाबाट साथ दिइरहने स्पष् पारे ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य करनसिंह बडालले ठूला मिडियाको यस्तै खालको अत्याचार कायम रहे श्रमजीवी तथा पत्रकारहरुले मिडियाका मालिकहरुलाई गलहत्याएर यथार्थ धरातलमा ल्याउने चेतावनी दिए । त्यस्तै बडालले कान्तिपुर लगायतका ठूला मिडिया हाउसका संचालकहरु आलिसान भवनको अग्लो ठाउँमा सुरक्षा घेरा भित्र बसेर बिभिन्न षड्यन्त्र गरे पनि सुरक्षित छु भन्ने भ्रममा नपर्न आग्रह गरे । अगामी दिनमा यस्तै क्रियाकलाप गरिरहे कान्तिपुर लगायतका ठूला मिडिया हाउसका बिरुद्ध कडा आन्दोलन गर्ने बताए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष लाेकराज जैसीले काेराेनाकाे बाहानामा श्रमजीवीलाई लखेट्ने रवैया हामी कसैलाई स्वीकार्य नहुने चेेतावनी दिए । त्यस्तै प्रेस नेपालका अध्यक्ष केशव अर्याल र ट्रेड युनियन कान्तिपुर एकाईका तीन वटै संगठनका अध्यक्षहरु, श्रीराम वाग्ले, अर्जुन पाठक र ढकप्रसाद खतिवडाले पनि मालिकले ध्यान दिएर मजदुरका अावाज सुन्न सुझाउँदै श्रमजीवीहरुकाे विजय नभएसम्म अान्दाेलन जारी रहने स्पष्ट पारेका थिए ।

धर्नामा पत्रकार महासंघ उपत्यकाका ३ जिल्लाका प्र्रतिनिधिहरु, नवराज दाहाल, क्रान्तिकारी पत्रकार संगठनका सचिव राजकपुर महर्जन, केन्द्रीय नेताहरु धनञ्जय बुढा, करण बडाल, राजु बोहोरालगायत ११ वटा संगठनका सबै प्रतिनिधि र कान्तिपुरका मजदुर, कर्मचारी पत्रकारहरुको सहभागिता रहेको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्