Monday, May 6
Shadow

८२ प्रतिशत रोपाइँ सकियो प्रदेश १ मा


  • -इ
  • इ+

प्रदेश १ मा आइतबारसम्म ८२ दशमलव ५१ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यही अवधीमा ५६ दशमलव ७४ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

प्रदेशस्थित कुल धान खेतीयोग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर जमिनमध्ये २ लाख ८१ हजार २ सय २० दशमलव ७२ हेक्टरमा रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

तराईको २ लाख २५ हजार ८ सय हेक्टरमध्ये १ लाख ९३ हजार ५ सय ५५, पहाडको ९० हजार ९ सय १६ हेक्टरमध्ये ६८ हजार ४ सय र हिमाली जिल्लाको २४ हजार १ सय १३ हेक्टरमध्ये १९ हजार १ सय ८७ हेक्टरमा रोपाइँ सम्पन्‍न भएको छ ।

सबभन्दा बढी झापा र सोलुखुम्बुमा ९० प्रतिशत र ओखलढुंगामा ५५ प्रतिशतमात्रै रोपाइँ भएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । मोरङ र तेह्रथुममा ८५, भोजपुरमा ८४, सुनसरी र खोटाङमा ८०, पाँचथरमा ७८, तेह्रथुम र संखुवासभामा ७५, इलाममा ७२, उदयपुरमा ७१ र धनकुटामा ७० प्रतिशत रोपाइँ भएको उप्रेतीले बताए ।

केही दिनदेखिको अविरल वर्षाले पहाडी जिल्लाका केही भागमा रोपाइँ प्रभावित भएपनि तराई लगायतका जिल्लामा धमाधम रोपाइँ भइरहेको बताए । यसवर्ष धान रोप्‍ने मुख्य समयमा लगातार वर्षा भइरहेकाले साउन १५ गते अगाडी नै रोपाइँ सम्पन्‍न हुने उनको भनाइ छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्