Sunday, May 5
Shadow

बेलका नगरपालिकाको भ्रष्टाचार नरोकिए पद त्याग्छु : उपमेयर चौधरी


  • -इ
  • इ+

बेलका नगरपालिकाकी उपमेयर राज कुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार नरोकिए पद त्याग गर्ने घोषणा गरेकी छन् । उनले बेथिति अन्त्य गर्न नसकेको भन्दै मतदातासँग माफीसमेत मागेकी छन् ।

‘पंखादेखि एक्साभेटर खरिदसम्म भ्रष्टाचार भएको कुरा मैले डेढ वर्षदेखि नै उठाइरहेकी छु,’ उपमेयर चौधरीले अनलाइनखबरसँग भनिन्, ‘काला कर्तुतहरु र भ्रष्टाचारीहरुको अन्त्य हुँदैन भने म यस्तो गन्जागोलमा बसेर काम गर्न सक्दिनँ ।’

उनले थपिन्, ‘बेथितिहरु निर्मूल हुँदैन भने काम गर्न सकिँदैन, म जनतासँग माफी माग्छु र पार्टीलाई पद हस्तान्तरण गर्छु । किनभने मलाई पार्टीले नै टिकट दिएको थियो ।’

आफूले डेढ वर्षदेखि नै बेथिती र भ्रष्टाचारको कुरा उठाइरहे पनि आजसम्म सुनुवाइ नभएको उनले बताइन् । एक जना सहायक कम्प्युटर अपरेटरको नियुक्ति नै यसको प्रमुख परिणाम भएको उनको दाबी छ ।

‘सीडीओलाई समेत ब्ल्याकमेलिङ गरेको विवादित छवि भएको एकजना सहायक कम्प्युटर अपरेटरलाई त्रियुगा नगरपालिकाले हाजिर गराउन मानेन । त्यसपछि बेलका नगरपालिकामा आयो । नेकपा पार्टीले त्यतिबेला रोक्यो । किनभने जिविसमा हुँदा उसले धेरै भ्रष्टाचार गरेको थियो । यस्तो जानीजानी पनि पछि हाजिर गराएको परिणाम हो यो ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्