Friday, May 3
Shadow

गायिका सपना सुनामकाे स्वरमा औंठाछाप


  • -इ
  • इ+

काठमाडौ । ओखलढुङ्गेली गायकद्वय सपना सुनाम र पूर्ण विकको स्वरमा रहेको लोक दोहोरी गीत औंठाछाप युट्युव मार्फत सार्बजनिक भएको छ । उक्त लोकदोहोरी गीत युट्युव मार्फत भदाै महिनामै सार्बजनिक भएको हो ।

ठट्यौली पारामा माया पिरतीको कुरा रहेको लोकदोहोरी गीत औंठाछापमा शब्द संगीत हरि डि.सी.को रहेको छ । त्यस्तै दृश्य तर्फ ध्रुव हिमाली र रुविना अधिकारी लगायतले अभिनय प्रस्तुत गरेका छन् । अभिनयको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । गायिका सपना सुनाम राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ओखलढुङ्गाका अध्यक्ष पनि हुन् ।

पछिल्लो समय कोरोनाको महामारीका कारण देशमा लकडाउनले अस्तव्य भैरहेको बेला पनि कलाकारहरुले आफ्नो कला र गलालाई विभिन्न माध्यम मार्फत सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा यो लोक दोहोरी गीत औठाछाप पनि सार्बजनिक भएको हो । गायिका सपनासहित सबै स्रष्टालाई याे गितकाे पुर्ण सफलतासँगै अभियान पाेष्ट डटकम उत्तराेत्तर प्रगतिकाे कामना गर्दछ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्