Monday, May 6
Shadow

पत्रकार विद्यार्थी संगठनको पहिलो जिल्ला समिति निर्माण


  • -इ
  • इ+

रुपन्देही । पत्रकार विद्यार्थी संगठन नेपालको पहिलो जिल्ला समिति गठन गरिएको छ । रुपन्देहीको मणिग्राममा आज मंगलबार सम्पन्न बैठकले गंगा भण्डारीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुवास बेल्बासे ,सचिवमा सस्कृती डुम्रे ,सह सचिवमा अम्मरराज पान्डे ,कोषाध्यक्षमा इश्वरि भट्टराई ,सदस्यहरुमा उर्मिला यादव ,राजेस सिङ्जाली र अन्जली थापा रहेेेका छन् ।
गंगा भण्डारीको अध्यक्षता तथा पत्रकार विद्यार्थी संगठन नेपालको केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि गैरेले “मुख्यत पत्रकारिताको नाममा हुने सबै खाले विभेद,असमानता,राष्ट्रियताकाे कमजोर बनाउने मिडियाका विरुद्धमा संघर्ष केन्द्रित गर्ने बताए । उनले अहिले मिडियामा मिसन केन्द्रित र आत्मकेन्द्रित भएको हुँदा मिडियालाई व्यवसाय गर्न तर्फ अाँफुहरु लाग्ने बताए।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्