Sunday, May 5
Shadow

पत्रकारकाे आन्दाेलनमा पत्रकार विद्यार्थी संगठनकाे साथ


  • -इ
  • इ+

वुटवल । संचार–गृहका पीडित पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिले थालेका विभिन्न कार्यक्रम प्रति पत्रकार विद्यार्थी संगठन नेपालले ऐक्यबद्धता जनाएको छ । संगठनका संयोजक मुक्ति गैरेले विज्ञप्ति निकालेर संयुक्त संघर्ष समितिले थालेका कार्यक्रमममा सहयोग र समर्थन रहने ऐक्यबद्धता जनाएका हुन ।

संचार–गृहका पीडित पत्रकार-कर्मचारी संयुक्त संघर्ष समितिद्वारा पेशागत पारिश्रमिक तलव, निष्कासन र विभिन्न समस्याका विरुद्धमा भएको विभिन्न कार्यक्रम, अहिले भईरहेको ‘पाँच दिने रिले अनसन’ र अब हुने सम्पूर्ण कार्यक्रमहरूमा पूर्ण ऐक्यबद्धता जनाउँदै समर्थन गर्दछौं संयोजक गैरे द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै अहिले कोभिड–१९ को बहानामा र विगत देखि गरिदै आएको मिडियाकर्मि तथा सिकारु विद्यार्थी मिडियाकर्मी माथि गरिने शोषणका बिरुद्धमा संगठनले आवाज उठाउदै न्यायका लागि संघर्ष गर्ने उदेश्यबाट प्रेरित भई अगाडि बढिरहेको समेत विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी पत्रकार संगठन यस्तै पीडित श्रमजीवी पत्रकार विद्यार्थीहरूको बिचबाट जन्म लिएको पनि स्मरण गराइएको छ । मिडियाले मिडियाकर्मी माथि शोषण गर्नु कत्तिको जायज छ ? यो अवस्थामा हामी पनि टुलुटुलु हेरेर बस्न सक्दैनौं । त्यसैले मिडियाका मालिकहरूले तुरुन्तै सम्बोधन गर्न आग्रह गर्दै यसमा सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं विज्ञप्तिमा भनिएको छ । हामी पनि उहाँहरूको साथ मै रहेर संघर्ष गर्न बाध्य हुनेछौं । उनीहरुको पीडा भनेको आफुहरुको पनि पीडा भएको भन्दैसंघर्ष समितिको कार्यक्रममा सहयोग र साथ दिने विद्यर्थी पत्रकार संगठनले ऐक्यबद्धता गरेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्