Monday, May 6
Shadow

आेेेलीले जासुसी कुटनितिक `कु´ गरेका छन् : गैरे


  • -इ
  • इ+

काठमाडौं। पत्रकार विद्यार्थी संगठन,नेपाल अध्यक्ष मुक्ति गैरेले प्रधानमन्त्री केपि शर्मा अाेलिले जासुसी कुटनितिक `कु´ गरेको अाराेप लगाएका छन ।भर्खरै मात्रै केपि शर्मा अाेलिले रअ का प्रमुख सामन्त कुमार गाेयल सहितकाे ९ सदस्यीय टाेलिले उनलाई काठमाडौं भेटेको थियो । उक्त भेटघाटकाे बिषय रहस्यमय ढंगले सरकारले राखिरहेकाे उनलेे यस्तो अाराेप लगाएका हुन् ।

अाज एक विज्ञप्ति जारी गर्दै यस्तो भेटघाट र केही भारतीय टिभी च्यानलकाे समाचार हेर्दा त कतै भारतीय प्रान्त त भएको छैन् भनेर अाशंका पनि गरेका छन् यदि यस्तो षड्यन्त्र हाे भने याे राष्ट्रघाति कदम भएको बताएका छन् । साथै राष्ट्र बचाउन र भारतीय मिडिया वारका विरुद्धमा अाम नेपाली मिडिया कर्मि र संचार जगतले पनि मिडिया युद्ध गर्न समेत अाह्वान गरेका छन् । उक्त विज्ञप्ति यश प्रकार छ ।

“मिति २०७७/०७/०५ गते काेराेना कारणले हवाई उडान समेत बन्द रहेको बेलामा समेत भारतीय दुतावासले नेपाली नागरिक उड्डयन मन्त्रालय संग एकाक्सि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ)का प्रमुख सामन्त कुमार गाेयल सहितको ९ सदस्यीय टाेलि कुटनितिक उडान मागि नेपाल अाई प्रधानमन्त्री केपी शर्मा अाेलिलाई मात्रै अास्कमिक भेटघाटले हाम्रो संगठनलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

उक्त भेटघाटका बिषयमा राज्यका कुनै पनि अंगहरुलाई समेत जानकारी नदिई अति गाेप्य रुपमा भेट गर्नु नेपालको सार्वभौम सत्ता माथि ठाडो हस्तक्षेप र यसलाई प्रसय दिई भेट दिनु सार्वभौम सत्ता विपरीत भएको ठहर्छ । सार्वभौम सत्ताको अपहेलना गर्दै परराष्ट्र नीति/कुटनैतिक मर्यादा,सिअाईबि अनुमति र सहकार्य,राष्ट्रिय अनुसन्धान,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाली सेना,रक्षा सचिव र गृह सचिवहरुकाे निगरानी र अनुमति बिना भेटघाट गरिनुलाई हाम्रो संगठन प्रधानमन्त्री केपी शर्मा अाेलिले “जासुसी कुटनितिक `कु´”गरेको ठहर गर्दछ । याे घटनाले नेपाल भारतको एक प्रान्त भएको हाेकि भन्ने प्रश्न पनि उब्जाएको छ जसलाई यश भेट लगत्तै भारतीय च्यानल टिभी Tv9 (भारत बर्ष) र शाश्वत टाईम्स हिन्दु दैनिक मिडियाहरुबाट अाएका केही अापत्तजनक समाचार र सम्प्रेषणले पुष्टि गरेको अाभास भएको छ ।देशको कार्यकारी संचालक प्रधानमन्त्रीबाटै यस्तो हुनु गम्भीर राष्ट्रघात हाे । हामी नेपालकाे सार्वभौम सत्ताको मर्यादालाई ध्यानमा राखि अगाडि बढीरहेका प्रगतिशील पत्रकार विद्यार्थीहरुलाई समेत उक्त भेटघाट अति गाेप्य राखिनु सार्वभौम सुचनाकाे मर्यादालाई अपहेलना गरेको महसुस गरेका छाैं । निकै अापत्तिजनक छ । त्यसैले अाम पत्रकार विद्यार्थी नेपाली राष्ट्रवादी मिडिया कर्मिहरु,संचार जगत,प्रगतिशील पत्रकार साथीहरूलाई “भारतीय मिडिया वार का विरुद्धमा नेपाली मिडिया वार ” समेत चलाउन अपिल गर्दछौं । साथै प्रधानमन्त्रीबाट गरिएको “जासुसी कुटनितिक `कु´” का विरुद्धमा सम्पूर्ण राष्ट्र भक्ति,देशप्रेमि एकजुट भई सार्वभौम स्वाधीन देशको रक्षाकाे निम्ति अगाडि बढ्न समेत अपिल गर्दछाैं ।”

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्