Monday, May 6
Shadow

पत्रकार विद्यार्थी संगठनकाे एक महिने अभियान सुरु


  • -इ
  • इ+

वुटवल । पत्रकार विद्यार्थी संगठन,नेपालकाे केन्द्रीय समितिकाे कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लामा जिल्ला समिति निर्माण गर्दै एक महिने पहिलो चरणकाे अभियान शुरु भएको छ ।

उक्त अभियान अन्तर्गत संगठन सुदृढ तथा विस्तार गर्दै कपिलवस्तु जिल्ला समितिकाे अध्यक्षमा राधा पाण्डे रहने गरि सदस्यहरुमा बसन्ता भुसाल,अनिता क्षेत्री,मनिषा भुसाल,सागर बिक रहने गरि पाँच सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।

उक्त भेलामा केन्द्रीय अध्यक्ष मुक्ति गैरे,पाल्पा जिल्ला अध्यक्ष टेकबहादुर दर्लामि लगायतको अभियान टिम पुगेको थियो । अभियान एक महिने पहिलो चरणकाे रहने केन्द्रीय अध्यक्ष गैरेले बताएका छन् । उक्त भेलाकाे अध्यक्षता राधा पाण्डेले गरेकी थिइन् ।

“प्रगतिशील,न्याय र राष्ट्रका लागि उत्पिडित पत्रकार विद्यार्थीहरुकाे मजवुत एकतालाई कायम गराैं ! सदस्यता वितरण,संगठन विस्तार तथा सुदृढ अभियान सफल पाराैं !!” भन्ने नारा साथ अभियान थालिएकाे अायाेजकले बताएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्