Saturday, May 4
Shadow

महाकालीमा आएको बाढीले बगायो पुलको बाँध, ८ घर डुबानमा


  • -इ
  • इ+

कञ्चनपुर। महाकाली नदीमा आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । शनिबार राति आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको करीब ९० मिटर अस्थायी बाँध बगाएको प्रहरी जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए ।

तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् ।

पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ ।

शनिबार राति दुई बजेतिर दुई लाख ४७ हजार क्युसेक मापन गरिएको पानीको सतह बिहानैदेखि वर्ष रोकिएकाले घट्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्