Saturday, May 4
Shadow

हलोगोरुसहित सडकमा रोपाइँ


  • -इ
  • इ+

काठमाडौं । धनगढीका स्थानीयले हलोगोरुसहित सडकमा रोपाइँ गरेका छन्।

हसनपुर-शिवनगर हिलाम्य अवस्थामा रहेको सडकमा स्थानीयले विरोध गर्न रोपाइँ गरेका हुन्।

उपमहानरपालिकाले सडक स्तरोन्नति गर्ने भनेर सडक भत्काएको तर नबनाएको भन्दै विरोध गर्दै उनीहरूले स्थानीय सरकार मुर्दावाद लेखेको प्लेकार्ड समेत बोकेर रोपाइँमा सहभागी भएका थिए।

भएका संरचना भत्काउन आउने, बनाउने नआउने भन्दै केहीबेर सरकारविरूद्ध स्थानीयले नाराबाजी पनि गरेका थिए।

पिच अवस्थामा रहेको सडक भत्काएपछि अहिले हिलाम्य भएर सास्ती भोग्नुपरिरहेको स्थानीयको भनाइ छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्