Saturday, May 4
Shadow

नेपालमै बनेको रेमसिभिरले कोरोना उपचारमा सहज


  • -इ
  • इ+

काठमाडौं । कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो ।

केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे ।

रेम्डेसिभिर पाउन ठूलै पहुँच हुनुपथ्र्यो । सरकार र निजी क्षेत्रको प्रयासले अब त्यो अवस्था अन्त्य भई औषधि देशभित्रै सर्वसुलभ हुन थालेको छ । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भन्ने तर औषधि नपाएपछि बिरामीको मृत्यु हुने गरेको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्