Saturday, May 4
Shadow

साउनदेखि अवैध आयातीत मोबाइल नचल्ने


  • -इ
  • इ+

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८/०८९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक लगाउने भएको हो ।

प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा ल्याई अवैध मोबाइलमाथि पूर्ण प्रतिबन्ध लगाउन लागेको जनाएको छ । एमडीएमएस सिस्टम कार्यान्वयनमा आएपछि हराएका तथा चोरी भएका मोबाइल आईएमईआई नम्बरका आधारमा फेला पर्न सहयोग पुग्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

सुरक्षा निकायलाई अपराध अनुसन्धान सघाउ पु(याउने पनि यो प्रणालीले सहयोग गर्नेछ । मोबाइलको आईएमईआई दर्ता भए नभएको हेर्ने र नरहेको खण्डमा अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था मिलाएको उनले जानकारी दिए । विदेशबाट उपहार स्वरुप प्राप्त भएका मोवाइलको पनि दर्ता नभएको भए तत्काल प्राधिकरणको वेबसाइटमा गइ दर्ता गर्न प्रवक्ता पौडेलले आग्रह गरेका छन् ।

आफ्नो मोबाइलको आईएमईआई नम्बरमार्फत प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाई प्रक्रिया पूरा गर्न आग्रह गरे । वैधानिक रुपमा ल्याइएका मोबाइलहरुको आईएमईआई प्राधिकरणमा दर्ता हुने गरेको र दर्ता नभएका मोबाइल अवैध ठहरिने प्राधिकरणले जनाएको छ । अब विदेशबाट सिधै खरिद गरेर ल्याइएका मोबाइल प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् ।

विदेशबाट फर्किदा साथमा ल्याउने आफ्नो मोबाइल र उपहारमा ल्याउने मोबाइलका लागि भन्सार विभागको नियमअनुसार एमडीएमएसमा दर्ताको व्यवस्था मिलाइएको छ । यसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) मा सिस्टम निर्माण भइसकेको र भदौसम्म प्राधिकरणले पनि सिस्टम निर्माण गर्ने जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्