Saturday, May 18
Shadow

कांग्रेस महाधिबेशनको नयाँ मिती कहिले आउन्छ, के भन्छन् नेताहरु


  • -इ
  • इ+

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ । साउन १२ गतेबाट देशैभरिका वडा तहको अधिबेशन शुरु गर्नेगरी तय गरिएको निर्धारित मिती नजिकै आइसक्दा पनि महाधिवेशनका लागी चाहिने क्रीयासिल सदस्यहरुको नाम फाइनल हुन बाकी छ भने पार्टिका नेताहरु सरकारलाई पूर्णता दिने लगायतका अन्य बिषयमा ब्यस्त छन ।

अब महाधिबेशन सर्ने निश्चित भइसकेपनी कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ ।पार्टीको शीर्ष नेताहरुको बैठक आज बस्ने भनिएको भएपनी कार्यब्यस्तताका कारण आज बस्ने भनिएको बैठक भोली बिहान नौ बजे बस्ने तयारी भइरहेको सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्रोतले जानकारी दिएको छ ।

सप्तरी र बारा बाहेक अरु सबै जिल्लाको क्रीयासिल सदस्य नामावली टुङ्गो लागिसकेको छ भने बाकी दुइ जिल्लाको क्रीयासिल सदस्यता बिबाद अब शिर्ष नेताहरुकै तहमा हुने छलफलबाट टुङ्गो लगाउने तयारी रहेको पनि सभापती देउबा निकट श्रोतले जानकारी दिएको छ । शिर्ष नेताहरुको भोलिको बैठकले मिल्न बाकी क्रीयासिल बिबाद मिलाउने र सदस्यता बिबादकै कारण पार्टी कार्यलयमा चलिरहेको अनसन फिर्ता लगाएपछी मात्रै महाधिबेशनको नयाँ मितिबारे शिर्ष नेताहरुका बिचमा छलफल हुनेछ ।

श्रोतका अनुसार अबको दुइ तीन दिन भित्रमै महाधिबेशनको नयाँ मिती बारे नेतृत्वतहमा सहमती भइसक्नेछ भने सहमती जुटेपछी पार्टिको केन्द्रिय समिती बैठक बसेर महाधिबेशनको नयाँ मितिको औपचारिक घोषणा हुने छ ।अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ । केहि नेताहरुका अनुसार महाधिबेशनको मिती छ महिना सम्म सर्न सक्ने पनि सम्भाबना छ ।

यसैगरी, पार्टीको १४ औं केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म तय भएकोमा सो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ । १६ भदौबाट तोकिएको केन्द्रीय महाधिवेशन २८ भदौबाट सुरु गर्ने तयारी रहेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्