Saturday, May 18
Shadow

कांग्रेस पदाधिकारी बैठक बस्दै


  • -इ
  • इ+

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी १४औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

बैठक अहिले बिहान ९ः०० बजे बस्नेछ । कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि वडा तहको निर्वाचन गर्ने मिति तय गरेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्