Saturday, May 18
Shadow

भीम रावलले राजीनामा फिर्ता लिने


  • -इ
  • इ+

काठमाडौं । नेकपा एमालेका उपध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। रावलले असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि राजीनामा दिएका थिए।

पार्टीक वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएपछि राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए।

एमाले वरिष्ठ नेता नेपाल उनलाई राजीनामा फिर्ता गर्न आग्रह गर्दै बिहीबार रावल निवास टोखा पुगेका थिए। त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए।

रावलले आज बस्ने प्रतिनिधिसभा बैठकअघि राजीनामा फिर्ता लिने बुझिएको छ। रावलले एमालेको विवाद समाधान गर्न नेपाल समूहबाट कार्यदलको संयोजक भएर १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। तर, वरिष्ठ नेता नेपालले त्यसको कुनै अर्थ नभएको भन्दै फर्काएपछि रावल नेपालसँग चिढिएका थिए।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्