Saturday, May 18
Shadow

नेपाली कांग्रेसले छान्यो तीन मन्त्री, १ बजे सपथ


  • -इ
  • इ+

काठमाडौं । नेपाली कांग्रेसले लामो रस्साकस्सी पश्चात् मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको छ । गण्डकीमा सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेसले सरकार बनेको डेढ महिनापछी मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पाउने थप ३ मन्त्रालयमा स्याङ्जाका मेखलाल श्रेष्ठ, तनहुँका डोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् । यी तिनै जना सांसद समानुपातिक निर्वाचित हुन् ।

यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सङ्गै सपथ लिएका कास्कीका कुमार खड्का पनि समानुपातिक सांसद हुन् । खड्काले अहिले शिक्षा, विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालय सम्हालेका छन् ।

कांग्रेसले अब पाउने तीन मन्त्रालय भौतिक पूर्वाधार, पर्यटन र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला हुन् ।

यी तीन मन्त्रालय कसले पाउने भन्ने तय भैसकेको छैन । शुक्रबार १ बजे नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम तय भएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्