Thursday, May 2
Shadow

एसईईका ४ लाख ८४ हजार २७८ विद्यार्थी उतिर्ण


  • -इ
  • इ+

काठमाडौँ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नजितामा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएका हुन् ।
परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेको थिए ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

यसैबीच काेराेना संक्रमण बढ्दै गएकाे भन्दै कक्षा १२ काे परीक्षा स्थगित गरिकाे छ ।

साउन ३१ गते गरिने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको परीक्षा बाेर्डले बताएकाे छ । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा परीक्षा स्थगन गरिएको बोर्डले जनाएको छ । कक्षा १२ मा देशैभरीबाट ३ लाख ७२ हजार विद्यार्थीले परीक्षाका लागि फारम भरेका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्