ससुराली गएर आफ्नै श्रीमतीमाथि एसिड हानेपछि…

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
ससुराली गएर आफ्नै श्रीमतीमाथि एसिड हानेपछि…

सारांश

  • काठमाडौं ।
  • एक पुरुषले ससुराली पुगेर आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् ।
  • पोखरा महानगरपालिका २९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले चितवनमा रहेको ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।

काठमाडौं । एक पुरुषले ससुराली पुगेर आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका २९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले चितवनमा रहेको ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार दिउसो भरतपुर धु्रवबजारस्थित माइतमा बसिरहेको बेला २० वर्षीय श्रीमती डोल्मालाई एसिड हानेका थिए ।

पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चारजना साथीसहित भरतपुर पुगी एसिड हानेको चितवन प्रहरी कार्यालये जनाएको छ । पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट ग१य ५४३ नंको गाडी रिजर्भ गरेर एसिड हान्ने वीरेन र सँगै गएका पोखराका हेम थापा, हेटौँडाका विवेक गुरूङ र पोखराका निरेन गुरूङलाई पनि प्रहरीले पक्रेको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन नायिका गायब
चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन नायिका गायब
भोटेकोशी बाढी: राहतका नाममा वित्तीय ठगीको जोखिम, आधिकारिक सरकारी कोषमा मात्र सहयोग गर्न अपील
भोटेकोशी बाढी: राहतका नाममा वित्तीय ठगीको जोखिम, आधिकारिक सरकारी कोषमा मात्र सहयोग गर्न अपील
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ
बाजुरा, बर्दिया, मोरङ को ताजा पारीणाम
बाजुरा, बर्दिया, मोरङ को ताजा पारीणाम
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
मुलुकका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी
मुलुकका विभिन्न ठाउँका एनसेल टावरमा आगजनी
बाढीपीडितलाई वडाध्यक्षले मागे राहतमा कमिसन!
बाढीपीडितलाई वडाध्यक्षले मागे राहतमा कमिसन!

तपाईंले छुटाउनुभयो कि?