संविधानविद्ले भने रेशम चौधरीले शपथ लिन मिल्दैन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १९, २०७५
|
|
५६ पटक हेरिएको
Shares
संविधानविद्ले भने रेशम चौधरीले शपथ लिन मिल्दैन

सारांश

  • काठमाडौं, १९ पुस ।
  • संविधानविदहरूले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहण गराउन नमिल्ने बताएका छन् ।
  • चौधरीलाई आज दिउँसो ३ बजे शपथ गराउन लागिएको छ ।

काठमाडौं, १९ पुस । संविधानविदहरूले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहण गराउन नमिल्ने बताएका छन् । चौधरीलाई आज दिउँसो ३ बजे शपथ गराउन लागिएको छ ।

निर्वाचित व्यक्तीनै भएपनि अदालतमा मुद्दा विचाराधीन रहेकाले चौधरीलाई शपथ ग्रहण गराउन नमिल्ने उनीहरूको धारणा छ । संविधानविद डा. विपीन अधिकारीले अदालती प्रक्रियाबाट छुट नपाएकाले शपथ गराउन नमिल्ने बताए । कानूनी प्रक्रियाकै कारण खुमबहादुर खड्का, जेपी गुप्ता जस्ता नेताहरू राजनीतिबाट विस्थापित भएको स्मरण गर्दै उनले चौधरीका लागी मात्र छुट्टै मापदण्ड नभएको बताए ।

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले गम्भीर फौजदारी अपराधको अभियोग लागेका व्यक्तिलाई संसदजस्तो गरिमामय निकायको शपथ खुवाउन नमिल्ने बताए । संवैधानिक सर्वोच्चताको देश भएकाले कानूनले जे भन्छ त्यहीअनुसार काम गर्नुपर्ने खड्काको भनाई छ ।

गत ७ भदौ २०७२ मा कैलाली टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या घभएको घट्नामा कलाली १ बाट निर्वाचित सांसद चौधरीसहित २६ लाई विपक्षी बनाइएको छ । सो मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?